सत्तारुढ दल नेकपाको बैठक बस्दै, सहमतिको प्रयास खोजिने
खबर एक्सप्रेस
२०७७-०४-१३ १०:०४ मा प्रकाशित
Total Shares: 255
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । गत साउन ६ गते बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि केहीबेरमा टुंगिएको थियो ।
पार्टीमा आन्तरिक विवाद चर्किएपछि गत असार १० देखि स्थायी कमिटी बैठक बस्न सकेको छैन । अहिलेसम्म ८ पटक बैठक स्थगित भइसकेको छ । दुई अध्यक्षबीच सहमति हुन नसकेपछि बैठक बस्न नसकेको हो ।
आज बस्ने स्थायी कमिटी बैठकमा दुई अध्यक्षबीच छलफल गरी सहमतिको प्रयास गर्ने बताइएको छ । त्यसपछि बैठक बस्ने वा नबस्ने भन्ने तय हुने पार्टीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस