काठमाडौं - नेकपा माओवादी केन्द्रले बहुमतको सरकार दाबी नगर्ने निष्कर्ष निकालेको छ । 

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले तत्काल राजीनामा नदिने भएपछि बहुमतको सरकारको दाबी नगर्ने निष्कर्ष माओवादीले निकालेको हो ।

बिहिबार साँझ केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य दलका नेताहरुसँगको भेटबारे जानकारी समेत गराएका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकारमा दाबी गर्न बिहीबार ९ बजेसम्मको समय दिएकी छन्। त्यस समयभित्र दलहरूले सहमति जुटाउन नसके राष्ट्रपतिले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछिन् ।