काठमाडौं - नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले विश्व कीर्तिमान बनाएका छन्। एसीसी प्रिमियर कप अन्तर्गत नेपालले ओमानविरुद्धको खेलमा विकेट लिँदै ओडीआई क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान बनाएका हुन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा सन्दीपले ओमानका खेलाडी अदील साफिक्यूको विकेट लिँदै कीर्तिमान बनाएका हुन्। साफिक्यूले ३३ रनको सामना गर्दा जम्मा १३ रनमात्रै जोड्न सके।

यसअघि यो कीर्तिमान अफगानिस्तानका बलर रासिद खानको नाममा रहेको थियो। खानले ४४ खेलमा बनाएको सर्वाधिक छिटो विकेटको कीर्तिमान तोड्दै ४२ खेलमा सन्दीपले १०० विकेट लिएका हुन्।