नेपालमा थपिए ३८ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७९-०६-१२ ०५:१२ मा प्रकाशित
Total Shares: 167
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २८४ जनाको पिसिआर र एक हजार ५३४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका सँगै देशभर १ हजार १२२ जना सक्रिय संक्रमित रहेका छन् । आज ५२ जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्यु भएको छैन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस