आईपीओ निष्कासन गर्ने तयारीमा बीपीडब्ल्यू लघुवित्त
खबर एक्सप्रेस
२०७८-१०-२८ ०५:५७ मा प्रकाशित
Total Shares: 448
काठमाडौं - बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ । संस्थाले ९७ लाख रुपैयाँबराबरको ९७ हजार कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो ।
यसैगरी बिहीबार संस्थाले आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । काठमाडौंको त्रिपुरेश्वरीस्थित मेगा क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रममा यस सम्बन्धमा स्रम्झौता भएको छ।
सम्झौतापत्रमा संस्थाका निर्देशक सविन प्रधानाङ्ग र मेगा क्यापिटलका चिफ इन्भेस्टमेन्ट अफिसर सुलभ श्रेष्ठले हस्ताक्षर गरेका छन् । आईपीओ निष्कासनपछि संस्थाको चुक्तापुँजी ३ करोड रुपैयाँ पुग्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस