काठमाडाैं-आयोजना प्रभावित स्थानीयले मोदी इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ।

आज चैत १६ गते बैंकिङ समयपश्चात आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री बन्द हुने कम्पनीले जनाएकाे छ । 

जसअनुसार पर्वत जिल्ला अन्तर्गत कुश्मा नगरपालिकाकाे ३ र ८ वडा तथा मोदी गाउँपालिकाकाे ५, २, ६ वडाका  बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। जसअनुसार स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ। आयोजना प्रभावित स्थानियले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक र कुमारी बैंकको कुस्मा, पर्वत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

मोदी इनर्जीले फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो। मोदी इनर्जीको आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई भने चैत ९ गतेसम्म आइपीओ बिक्री खुला भएको थियो। कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १०५ अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो। 

यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।