संसदीय सुनुवाइ समितिको सभापतिमा काँग्रेसका खतिवडा निर्विरोध चयन
काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध चयन भएका छन्।
समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो।
बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा एमालेका सांसद महेश बर्तौलाले समर्थन जनाए।
संसदीय सुनुवाइ समिति सभापति पद भदौ १० गतेदेखि रिक्त छ। समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो।
भदौ १० गते पदबाट राजीनामा दिई सोही दिन राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा मनोनयन दर्ता गरेर निर्विरोध सभापति चयन भएकी थिइन्।
त्यसअघि राज्य व्यवस्था तथा सुशासन समिति सभापति कांग्रेस प्रतिनिधि सभा सांसद रामहरि खतिवडा थिए।
कुलिङ पिरियड छेडखानीमा छानबिन समिति नैतिक जिम्मेवारी ठहर्याएपछि राज्य व्यवस्था समिति सभापतिबाट खतिवडाले साउन २७ गते राजीनामा दिएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस