सिम्रौनगढमा एनआईबीएलको शाखा विस्तार
काठमाडौं - नेपाल इन्भेस्टमेन्ट बैंक (एनआइविएल)ले आफ्नो ८८औं शाखा बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा विस्तार गरेको छ ।
नयाँ शाखाको उद्घाटन सिम्रौनगढका मेयर विजयशंकर यादव र प्रबन्धक सुुशील कुमार श्रेष्ठको साथमा भएको थियो । सिम्रौनगढ शाखाले ग्राहकलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्ण रूपमा पूरा गर्ने बैंकिङ सेवाहरू प्रदान गर्नेछ ।
बैंकले ८७ शाखा, १३० एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा पु¥याइरहेको छ । पाँचपटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको बैंक अन्तर्राष्ट्रिय प्रकाशन–युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल)ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस