काठमाडौं - नेपाली आधुनिक गीत–संगीतमा गहिरो भाव र समसामयिक यथार्थको कलात्मक समायोजन गर्न सक्ने केही सीमित गीतकारहरू मध्येमा पर्छन गीतकार गोबिन्द कुइँकेल । गीत लेखनको पृष्ठभूमिमा उभिएर उनी गीतमा जीवनको भोगाइ भित्रका विम्ब, समयको स्पर्श र आत्मा अनि प्रकृतीको स्वर पस्कन सफल भएका छन् । उनका गीतहरू श्रोताले सुन्ने मात्र  नभई अनुभव गर्ने, भोग्ने र आत्मसात् गर्ने साहित्यिक रचनाहरू भित्र परेका छन् ।

नेपाली आधुनिक गीतहरुमा अनुभव ,अभिव्यक्ति र अनुभूतिको समुचित समायोजन गरिरहेका सशक्त गीतकारहरु मध्ये कुइँकेल एक  हुन । उनका गीतहरूले केवल माया, प्रेम र  मनोरञ्जन मात्रै होइन, जीवन, समाज र समाजमा भौतारिने मानवको सोच बदल्न सक्ने सन्देशमूलक छन । यस समीक्षात्मक आलेखमा उनका प्रमुख गीतहरूको कलात्मक संरचना, भावगत गहिराइ, भाषिक सशक्तता,लयात्मक माधुर्यता, प्रतीकात्मकता र समसामयिक सन्देशको विश्लेषण प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

कुइँकेलका गीतहरुमा माया, प्रेम, वियोग, समर्पण,  जीवनका भोगाइहरुले स्थान पाएका देखिन्छन । उनका शब्दहरू सौन्दर्यतामा मात्र सीमित छैनन् ती संवेदनाको सजीव चित्र हुन्, जहाँ श्रोता आफ्नै भोगाइमा हराइरहेको अनुभव गर्ने अवसर प्राप्त गर्दछन  । गोबिन्द कुइँकेलको शब्द कृति न्यौपानेको संगीतमा सुजाता बर्माको आवाज रहेको " चन्द्रमामा दाग छ हजुर सूर्यमानी खोट होला । मुस्कुराउदैु मुस्कुराउदै हिडे पनि म भित्रनी चोट होला । यसकै अन्तरामा रहेको  "एकान्तमा बग्छन आँसु भीडमा आई सुकाउने हो। तँ त साह्रै खुशी भन्छन तर आँसु लुकाउने हो ।" कति मार्मिक वजनदार शब्दको माला बुनेका छन, सबैले भोगेका भोगाइहरु समेटेका छन । कसको मनमा बिझ्दैन र ? कसको मनमुटुमा बस्दैन र ?  सुनेर कस्ले गुनगुनाउदैन होला र ? ।

यसका अलवा कुइँकेल प्रकृति र मायालाई त्यत्तीकै तुलना गर्न खप्पिस छन  । कृति न्यौपानेेकै संगीतमा सुजाता बर्माले नै आवाज दिएको अर्को गीत " तिमी सूर्यमुखी फूल हौ म हुँ पारीजात । सूर्यसंगै फूल्छौ तिमी म पर्खन्छु रात ।।" यो गीतका शब्द संयोजन कति मार्मिक छन, कति यथार्थपरक छन, कति सरल छन र कति बियोगान्त पनि छन ।  सूर्यमुखी फूल सूर्य उदय संगै फूल्छ अनि सूर्य अस्त संगै ओईलाउछ । पारीजात फूल सूर्य अस्त संगै फूल्छ अनि सूर्य उदय भन्दा अघीनै झरिसक्छ । यसरी कहिल्यै भेट नहुने सूर्यमुखी र पारीजातको माया र प्रेमको आशक्तीको तुलनागरी एउटा यथार्थ परक गीतको श्रृजना गरेका छन कुइँकेलले । दिप श्रेष्ठको आवाजमा रहेको " पानी बग्यो खोलै खोला बगर प्यासी भो । टुलुटुलु हेर्छ किनार नजर दोषी भो ।। यस्तै यस्तै प्रकृति र मायालाई तुलना गरी  शब्द श्रृजना गरेका छन ।

यस्तै मेलिना राईको आबाज डिबी लामाको संगीतमा रहेको " सिउदो तिमीले भरे पनि मुटु अन्तै साटेको थे ।त्यो सिन्दुरको के अर्थ भो ? बाध्यतामा फसेको थे ।।" छोरीको चाहना बिपरित बाबू आमाको करकापमा भएको विवहाले उत्पन्न नारीको पीडालाई समेटेका छन । यसरी नै सामाजिक  कुरितीको बिरुद्ध आवाज उठाउदै एकल महिलाको पीडालाई समेटेर अर्को गीतका शब्द कोरेका छन रचना रिमाालको स्वर डिबी लामाको संगीतमा रहेको " माया थियो भनौ भने बिचमै टुंगीयो । धोका भयोकी खोई के भयो ? सिउदो पुछियो ।" यसरी नारी संवेदना अनि पीडालाई पनि नजिकै  नियालेर यथार्थपरक धेरै गीत रचना गरेका छन कुइँकेलले जुन श्रोताको बिच आईसकेका छन । उनले नारीको पीडा मात्र हैन पुरुषको पीडामा पनि कलम चलाएका छन । नेपाल आईडल करण परियारको आवाजमा पुष्कर सुनुवारको संगीत रहेको " तिम्रै लागि खुशी खोज्न सयौ जंघार तरे हुँला , त्यो ओठमा मुस्कान छर्न कयौ कष्ट सहे हुँला ।  आखिर केनै पाय मैले त्यो खुशीनी लिलाम भयो , दोबाटोमा भेट हुँदा ठाडो शिरनी निहुरी रह्यो ।" आनन्द कार्की र मिलन नेवारको आवाजमा शिखर सन्तोषको संगीत रहेको " भूलेरै नगर्नु यहाँ माया कसैलाई । यहाँ ईमान बेचिन्छ जमान बेचिन्छ ।" राजु सिंहको संगीतमा दिबाकस शर्माको स्वरमा रहेको " अब मायाको कुरा गर्दै नगर्नु कहानी भै सक्यो । तिमीले जलाउन खोजेको मान्छे खरानी भै सक्यो ।" जस्ता अनगिन्ती छन ।

प्रश्न उठ्न सक्छ के कुइँकेलले बियोगान्त मात्र गीत लेख्छन त ?  यसको जबाफमा उनकै गीत सुन्दा प्रताप दास र अनु चौधरीको स्वरमा डिबी लामाको संगीत  रहेको * मन दियौ मुटु दियौ माया दियौ मलाई । थाहै नपाई माया बस्यो जीवन दियौ मलाई ।" किरण भूजेल र अस्मिता अधिकारीको स्वर रहेको * चल्यो चल्यो बतास चल्यो मेरो केश उडायो *, पुष्कर सुनुवारको संगीतमा बुद्ध लामाको आबाज रहेको * मुटु कटक्कै ओठ टोकी नहेर माया ज्यान हुन्छ भुतुक्कै" जस्ता रोमान्टिक गीतहरुनी सुन्न पाईन्छ ।

उनी सरल छन प्रचारमा आउन चाहदैनन । उनको गीति लेखन झण्डै ३५ बर्ष अघि देखि सुरु भएको पाइन्छ । उनको बारेमा  बरिष्ठ गायक तथा संगीतकारहरु  भन्नूहुन्छ  " कुइँकेल एक ईमान्दार र सरल  मिठास शब्द चयन गर्न सक्ने क्षमतावान गीतकारमा पर्दछन । तर उहाँलाई आम मान्छेले चिन्दैनन् । "

हो मैले देख्दा पनि उहाको स्वभाव त्यस्तै लाग्छ ।  तर उनका शब्दहरु कालजयी छन, वजनदार छन नाम चलेका गायक गायीका र संगीतकारको रोजाईमा  परेका छन । एउटा प्राविधिक सेवामा कार्यरत राष्ट्रसेवक हुन गोबिन्द कुइँकेल समय बचाएर गीत लेख्छन । गीतको मर्म नमरोस भनेर संगीतकार रोजेका छन । साथै  जसको गलामा सुहाँउछ उनै गायकलाई दिन्छन । गीत चर्चित छन, मार्मिक छन, कालजयी छन तर गीतकार भने गुमनाम छन ।