काठमाडौं - साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रति तोला ७१ हजार ७ सयमा कारोबार भएको सुन आइतबार पाँच सयले घटेर ७१ हजार २ सय प्रति तोलामा कारोबार भैरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँ कायम भएको  छ । आज चाँदीको भाउ स्थिर रहेको छ । चाँदी प्रति तोला ८५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।