समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट
खबर एक्सप्रेस
२०७९-०३-१७ ०१:२४ मा प्रकाशित
Total Shares: 299
काठमाडौं - समृद्धि फाइनान्सले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक समूहको सात लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो । यसमा न्यूनतम १०० रुपैयाँ (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेस गर्ने आवेदकले सेयर पाएका छन् ।
यता, आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको पैसा आइतबार (१९ असार) देखि फिर्ता पाउने बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस