कोरोना संक्रमणको कारण व्यवसायी जलानको निधन
खबर एक्सप्रेस
२०७८-०१-३० ०२:०७ मा प्रकाशित
Total Shares: 1021
काठमाडौं - व्यवसायी विजय जलानको कोरोनाभाइरसको संक्रमणको कारण निधन भएको छ । कोरोनाभाइरस संक्रममित जलानको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको हो ।
निधन भएका जलान इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक हुन् । ४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसनका सहसंस्थापक पनि हुन् ।
जालन इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का कार्यकारी सदस्य समेत हुन् । वर्ल्ड लिंकको स्थापना कालदेखि नै जालन व्यवस्थापकीय भूमिकामा थिए ।
फेसबुक पेज Like गर्नुहोस