काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १९६३ र एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो । 

शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख १७ हजार ९४७ र एन्टिजेनबाट २४ हजार ८६१ जना पुगेको छ । 

यस्तै, आज थप ४ हजार २० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ । निको हुनेको दर ८९ प्रतिशत छ । 

आज संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ६४१ पुगेको छ ।