काठमाडौं - मकवापुरको इन्द्रसरोवर गाउँपालिका–३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु र ५ घाइते भएका छन् ।

चन्द्रनिगापुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज ३४३३ नम्बरको सुमो अन्दाजी ३०० मिटर तल खसी शुक्रवार दुर्घटना भएको थियो ।

मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ । 

घाइतेलाई उपचारका लागि काठमाडौंतर्फ पठाइएको छ । सुमोमा ९ जना सवार रहेका, तीमध्ये १ सकुशल रहेका र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।