कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदैन : देउवा
खबर एक्सप्रेस
२०७७-१२-१० ०१:०७ मा प्रकाशित
Total Shares: 258
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् ।
कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जलि तथा परिवारलाई समवेदना व्यक्त गर्न मंगलबार विराटनगर पुगेका देउवाले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कांग्रेस विपक्षी पार्टी भएकोले तत्काल सरकारमा नजाने बताएका हुन् ।
‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ । कांग्रेसले सरकार बनाउँदैन,’ देउवाले भने, ‘विपक्षी पार्टी सरकारमा जाने कुरा पनि भएन ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पनि नल्याउने प्रस्ट्याएका छन् ।
फेसबुक पेज Like गर्नुहोस