काठमाडौं - नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल गएकी छिन्।

प्रधानमन्त्री कार्कीको आँखा नेत्रविशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गरेको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आँखाको उपचारका क्रममा तीन महिनाअघि उहाँको मोतिबिन्दु (आँखाको नानीमा जालो पर्ने एक रोग) को शल्यक्रिया गरिएको थियो।

प्रधानमन्त्री कार्कीको आँखाको शल्यक्रिया गरेपछि नियमित जाँचका क्रममा यहाँ आएको तिलगङ्गा अस्पताल व्यवस्थापनले स्पष्ट गरेको छ।