एमालेले आज ‘घर फर्क’ राष्ट्रिय अभियान घोषणा गर्ने
काठमाडौं - नेकपा एमालेले पार्टी छाडेर एकीकृत समाजवादीसहित विभिन्न दलमा गएकालाई ‘घर फर्क’ राष्ट्रिय अभियान घोषणा गर्ने भएको छ। आज राष्ट्रिय सभागृहमा एक समारोह गरी पहिले एमालेमै रहेका तर हाल विभिन्न दलमा गएकालाई घर फर्क अभियानमार्फत स्वागत गर्न लागेको महासचिव शंकर पोखरेलले जानकारी दिए। उनका अनुसार आज दिउँसो साढे २ बजे राष्ट्रिय सभागृहमा सभा आयोजना गरिएको छ ।
अध्यक्ष माधवकुमार नेपालसहित बहुमतले माओवादी केन्द्रसँग एकता गरेपछि नेकपा एकीकृत समाजवादी ३ धारमा विभाजित छ। जसमध्ये महासचिव घनश्याम भुसान एकीकृत समाजवादी पुर्नगठनको तयारीमा छन् भने लागि एकीकृत समाजवादीकी पूर्व सचिव रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरु पुन: एमालेमै फर्किँदैछन्।
एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारासहित यो अभियान घोषणा गर्न लागेको हो ।एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले छोडेर गएकाहरूलाई घर फर्किन आह्वान गरिरहेका छन्। ओलीको अपिलपश्चात झाँक्रीसहितका नेताहरू फर्किन तयार भएका हुन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस