खनाल-नेपाल पक्षले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
शुक्रबार बिहान ११ बजे बैठक बस्ने तय भएको छ । अबको बाटो के हुने भन्नेबारे छलफल गर्नका लागि बैठक बस्ने तयारी भएको स्रोतले बताएको छ ।
गत फागुन २८ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि खनाल नेपाल पक्ष रुष्ट बनेको छ । सो पक्षले समानान्तर कमिटी गठन गरेर ललितपुरमा २ दिने राष्ट्रिय कार्यकर्ता भेला पनि गरिसकेको छ ।
हाल ओली समूहको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई पार्टीको हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोधेको छ ।
फेसबुक पेज Like गर्नुहोस