काठमाडौं - मंगलबार प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो एक बजे संसद् भवन वानेश्‍वरमा बोलाइएको छ ।

मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा तीन ओटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन् । 

संघीय संसद् सचिवालयनिकालेको सम्भावित कार्यक्रमको सूचनामा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन तथा महान्यायाधीवक्ता कार्यालयको आर्थिक वर्षको प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको सचिवालयका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।