काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा बहस सम्पन्न भएको छ।

गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै तत्काल रिहाइको मागसहित आइतबार अदालतमा दर्ता भएको रिट निवेदनमाथिको सुनुवाइ मेघराज पोखरेलको इजलासमा सम्पन्न भएको हो ।

ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले आइतबार अदालतमा रिट निवेदन पेश गरेकी थिइन् ।

यसअघि कांग्रेस नेता एवम पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ प्रतिवेदनले सिफरिस गरेको कारबाहीका आधारमा ओली र लेखक दुवैलाई चैत १४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो।

यसअघि, जिल्ला अदालत, काठमाडौंले दुवैलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।