काठमाडौं - दुरसञ्चार क्षेत्रको नियमकारी निकाय नेपाल दुरसञ्चार प्राधिकरणले सर्वसाधारण उपभोक्ताको जानकारी विना अनधिकृत रूपमा रकम ठगी गरेकोमा एनसेललाई अहिलेसम्मकै सबैभन्दा ठूलो कार्वाही गरेको छ ।

प्राधिकरणको यो निर्णयलाई आम नागरिक र सरोकारवालाहरुले स्वागतयोग्य  र साहसिक निर्णय भएको बताइरहेका छन् । एनसेलले गरेको ठगीमा प्राधिकरणले अहिलेसम्मकै ठूूलो कारबाही गरेको छ । एक अर्ब ११ करोड ३ महिनाभित्र ग्राहकलाई फिर्ता गर्न समेत प्राधिकरणले  निर्देशन दिएको छ ।

निजी क्षेत्रको सबैभन्दा ठुलो दुरसञ्चार सेवा प्रदायक  कम्पनी एनसेललाई सर्वसाधारण उपभोक्ताको जानकारी विना अनधिकृत रूपमा रकम ठगी गरेको विषयमा नेपाल दुरसञ्चार प्राधिकरणले एनसेल लाई कार्वाही गर्नु परेको हो ।

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा साउन ३२ गते बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । सर्वसाधारण उपभोक्ताको ठगी भएको १ अर्ब ११ करोड भन्दा बढी रकम ३ महिनाभित्र उनीहरूको मोबाइलमा नै पठाउन निर्देशन दिएको  प्राधिकरणले जानकारी दियो ।

सर्वसाधारण उपभोक्ताको मोबाइलबाट उनीहरूको स्वीकृति बिना  ठगी गरी रकम कटाएर लाभ लिने  एनसेललाई प्राधिकरणले कार्वाही गर्दै यसरी रकम फिर्ता गर्दा विस्तृत विवरण प्राधिकरणलाई प्रत्येक महिना उपलब्ध गराउन र ग्राहकको पहिचान नखुलेको अवस्थामा फिर्ता गर्नुपर्ने रकमलाई छुट्टै कोषमा जम्मा गरी प्राधिकरणलाई जानकारी गराउन समेत निर्देशन दिएको छ ।