काठमाडौं - एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान ऐरीसहित कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल रहेका छन् ।

एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगिता सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको आइची–नागोयामा हुँदैछ ।