काठमाडौं -न्याय परिषद् र न्याय सेवा आयोगको मंगलबार बिहान बसेको बैठकले उच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस गरेको छ।

बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ।

यसैगरी, कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेलाई उच्च अदालत जनकपुरमा सिफारिस गरिएको छ।

त्यस्तै, फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरको न्यायाधीशमा सिफारिस गरिएको छ।