बसको ठक्करबाट महिलाको मृत्यु भएपछि जनकपुरमा सडक अवरुद्ध
खबर एक्सप्रेस
२०८०-११-२० ०३:११ मा प्रकाशित
Total Shares: 63
काठमाडौं- जनकपुरमा स्कूल बसले ठक्करबाट एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ।जनकपुरधाम उपमहानगरपालिका-२३ विन्धीमा एञ्जल्स बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमै मृत्यु भएको हो।स्थानीय आन्दोलितहरुले दुर्घटनाको विरोधमा जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेका छन्। उनीहरु सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् ।उनीहरुले सडकमा विजुली पोल तेर्साएपछि सडक अवरुद्ध बनेको छ।स्थानीयबासिन्दाले ठक्कर दिने बस जलाउने प्रयास गरेपछि प्रहरीसँग झडप भएको छ ।स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन् । त्यसक्रममा करिब आधा दर्जन अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस