प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं - प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
संसद् सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।
त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।
त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस