काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा जागेश्वर गौतमले थप १० जनाकाे मृत्युसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।

त्यस्तै नेपालमा मंगलबार कोरोना भाइरसका थप एक हजार ५१३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५१३ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ । पछिल्लो २४ घण्टामा ७३१ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५५ हजार ३७१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १०  हजार ८९१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ९ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

देशभरका संस्थागत आइसोलेसन ९ हजार ६८९ जना र होम आइसोलेसनमा १० हजार ७०७ जना रहेका छन् । आजसम्म देशभर  हजार  जना क्‍वारेन्टिनमा रहेका छन् । 

देशभर ३४ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २१३ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ । 

यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।  शनिबार देशभर एक हजार २०७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार १४७ जना डिस्चार्ज भएका थिए ।