डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत
खबर एक्सप्रेस
२०८१-११-१६ ०९:२८ मा प्रकाशित
Total Shares: 51
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।
निगमले आज एक सूचना जारी गर्दै डिजेल र मट्टितेलको मूल्य १-१ रुपैयाँ घटाएको जानकारी दिएको छ ।
घटाइएको मूल्य फागुन १७ गते बिहान १ बजेदेखि लागू हुने छ ।
यस्तै पेट्रोल र एलपी ग्यासको मूल्य भने हाललाई यथावत् छ ।
फेसबुक पेज Like गर्नुहोस