काठमाडौं - भारतबाट फर्किएका एक जनाको पोखरामा मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपाली रहेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

१२ दिनअघि मात्रै भारतको हैदराबादबाट फर्किएका विश्ववन्धुलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो । उनमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण क्वारेन्टाइनमा राखिएको थियो ।

विश्ववन्धुमा मुटु तथा कलेजोको समस्या रहेको परिवारका सदस्यले जानकारी दिएका छन् ।