काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९३२८ जनामा परीक्षण गर्दा ११२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।  

त्यस्तै, कोरोना संक्रमणबाट थप व्यक्तिको मृत्यु भएको छैन भने ४२९ कोभिडमुक्त भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ५ हजार ३४० रहेको छ ।