काठमाडौं - नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक आज बस्दैछ ।  

बैठक मंगलबार बिहान ८ बजे कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ । बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बताइएको छ । 

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई खारेज गरिदिएपछि माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । माओवादीले समर्थन फिर्ता नलिएपछि नयाँ सत्ता समीकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) पनि अनिर्णीत बनेको छ ।