सुनचाँदीको मूल्य बढ्यो
खबर एक्सप्रेस
२०७८-०२-१८ ११:४८ मा प्रकाशित
Total Shares: 310
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा ३ सयले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस