नेता जोशीको अन्त्येष्टि आज, कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
खबर एक्सप्रेस
२०७७-१२-१४ ०७:५१ मा प्रकाशित
Total Shares: 331
काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको शुक्रबार राति निधन भएकाले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको हो । बैठक शनिबार बिहान ११ः३० बजे केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा जोशीको निधनबारे शोक प्रस्ताव गरिने छ।
गत फागुन १४ गते मष्तिष्कघात भई नर्भिकको भेन्टिलेटरमा उपचाररत जोशीको शुक्रबार साँझ ८ः ३० बजे निधन भएको हो । अन्तिम श्रद्धाञ्जलीको लागि जोशीको पार्थिव शरीर बिहान १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने स्रोतले बताएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस