गरिमा विकास बैंकद्धारा ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामग्री हस्तान्तरण
खबर एक्सप्रेस
२०७९-०३-१६ ०३:२४ मा प्रकाशित
Total Shares: 292
काठमाडौं - गरिमा विकास बैंकले सदैव संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवामूलक कार्यहरु गर्दै आईरहेको छ । यसैलाई नै निरन्तरता प्रदान गर्दै बैंकले न्यूरोड शाखाको समन्वयमा बिहिबार ट्राफिक प्रहरी वृत जनसेवा न्यूरोड, काठमाडौंलाई ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको छ ।
बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न यसप्रकारका ट्राफिक जनचेतनामूलक सामाग्री अति नै उपयोगी हुने विश्वास यस बैंकले राखेको छ ।
हाल बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस