काठमाडौं - लकडाउनमा यतिबेला अधिकांश मानिस आफ्नो परिवारका साथ घरभित्रै छन् ।
कोरोना भाइरस (कोभिड–१९) बाट बच्न घर बस्दा विभिन्न परिकार बनाउने, खाने अनि रमाउने गरेको देखिन्छ । मानिस घरभित्र बसेपछि मानिसका सबै क्रियाकलाप घरमै सीमित बनेका छन् ।बाहिर वातावरणमा हुने गतिविधि ठप्प छ । मठ मन्दिरमा पूजा बन्द छ । बजार, पसल, होटल रेस्टुरेन्ट बन्द छन्, जसका कारण परेवालेचारा खान पाएका छैनन् ।
कतिपयले आफ्नैघरमा भएका कुकुर बिरालालाई कोरोना सर्नेभयले थुनेरराखेका छन् । होटलले फ्याँकेका खानाको भरमा रहेका कुकुर, बिराला पनि भोकै छन् । पशुपति रस्वयम्भूका अनगिन्ती बाँदरको हुल भोकलेघरि कता, घरि कता आँखा लगाउँदै मानिसकोप्रतीक्षा गरिरहेका छन् ।
आकाशमा उड्ने चरा पनि मानवको गतिविधि ठप्प हुँदा सशङ्कित छन् ।काठमाडौँ महानगरपालिका १० का बासिन्दा सहन शर्मा– मानिस त बोल्न सक्छन् ।पीडा पर्दा आफ्ना कुरा भन्न सक्छन् । भोक लागे मागेरै खान सक्छन् तर नबोल्ने पशुपक्षी रप्राणी यतिबेला अन्योलमा छन् । सधैँ भीडभाड हुने सडक सुनसान छन् ।
कुकुरका हुल खानाको खोजीमा भौँतारिरहेका छन् भन्नुहुन्छ ।प्राणी अधिकारकर्मी बिना पन्तले पृथ्वीकोसृष्टि मानिसका लागि मात्र भएको होइन । सम्पूर्णप्राणी जगत्को साझा घर पृथ्वी हो । पृथ्वीमा जति मानिसको जिउने अधिकार हुन्छ त्यति नै अन्य पशुपक्षी र जीवजन्तुको पनि हुन्छ भने ।
त्यसैले मानिसले लकडाउनमा आफ्नोर आफ्ना परिवारका बारेमा मात्र होइन अन्य जीवका बारेमा पनि सोच्न उनले आग्रह गरे ।अरू मानिस घरभित्रै बसिरहँदा उनी आफ्ना सहयोगीका साथ सडकमा अलपत्र परेका कुकुर, बिराला, बाँदर, परेवाका लागि चारा बाँड्दै हिँडेका छन् ।
गोरखापत्र दैनिकबाट

.gif)



