‘हामीले निकै निकटमा रहेर दुई देशबिचको सम्बन्ध बलियो बनाउनका लागि काम गर्ने छौँ’
खबर एक्सप्रेस
२०७७-०६-०१ ०१:३१ मा प्रकाशित
Total Shares: 340
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । ७० वर्ष पूरा भई ७१ वर्षमा प्रवेश गरेका मोदीलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनका लागि काम गर्ने उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमा ओलीले मोदीको सुस्वाथ्य तथा खुशीको कामना समेत गरेका छन् । सन्देशमा भनिएको छ, ‘प्रधानमन्त्री मोदी जी तपाईँलाई जन्मोत्सवको न्यानो शुभकामना । शुस्वास्थ्य र खुशी प्राप्त होस् । हामीले निकै निकटमा रहेर दुई देशबिचको सम्बन्ध थप बलियो बनाउनका लागि काम गर्ने छौँ ।’
फेसबुक पेज Like गर्नुहोस