राष्ट्रपतिले गरिन् प्रतिनिधिसभा र राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य
खबर एक्सप्रेस
२०७९-०६-०१ ०५:३६ मा प्रकाशित
Total Shares: 200
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेकी छिन्
नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गते गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसदका दुवै सदनको चालु अधिवेशन असोज १ गते शनिबार राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।
शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस