अवैध आप्रवासी नेपाली लिएर अमेरिकी चार्टर विमान नेपाल आउँदै
काठमाडौं-अवैध नेपाली आप्रवासी लिएर अमेरिकी चार्टर विमान नेपाल आउने भएको छ । स्रोतका अनुसार अध्यागमन कानुन उल्लंघन गर्ने केही नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज आज (बुधबार) काठमाडौँ आउन लागेको हो । उक्त जहाजमा नेपालबाहेक अर्को एक देशका नागरिक पनि रहेको जनाइएको छ ।
निष्कासित भएकाहरूमध्ये केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता आधिकारिक कागजातविहीनलाई निष्कासन गर्ने घोषणा गरिएको थियो ।
ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट कागजातविहीन नेपाली आउने क्रम जारी छ । त्यसयता मात्र करिब २७ जना नेपाली आप्रवासी अमेरिकाबाट निष्कासित भइसकेका छन् । यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसिई) ले अवैध नेपालीलाई विभिन्न एअरलायन्सका जहाजमार्फत् नेपाल फर्काउने गरेको थियो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस