काठमाडाैं - पछिल्लो २४ घण्टामा देशभर दुई हजार २९७ व्यक्तिमा कोरोना ङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार  देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९०४  जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङख्यामा कोराना पुष्टि भएको हो । 

सोही अवधिमा ६ हजार ५८३ को पिसिआर र ४ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । ती मध्ये पीसीआर एक हजार र एन्टिजेनमा ७१३ जना सङ्क्रमित पुष्टि भएका हुन् । 

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४६  सङ्क्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभर ३ हजार १३० सङ्क्रमित निको भएका छन् ।  यो हालसम्मकै निको  हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको जनाइएको  छ ।