काठमाडौं - धनगढीको गौरीगंगा–११, ऐठाका किसान चौकिदार चौधरीले अधियाँको सबै दुई विघा जमिनमा लगाएको गरिमा धान नफलेपछि परिवारलाई के खुवाउने भन्ने चिन्तामा परे ।
उनले घरमा अनाज नरहेपछि एउटा सहकारी र एउटा समूहबाट मासिक २ र ३ प्रतिशतमा ४० हजार रुपैयाँ ऋण लिएर धान किनेका छन् ।
मासिक ब्याज तिर्नका लागि उनी मजदुरी गरिरहेको बताए । सात जनाको परिवार पाल्न त्यति रुपैयाँमा किनेको धानले वर्षभरी नपुग्ने बताउँदै उनले थप धान किन्नका लागि पैसा नभएको बताए ।
कारोबार दैनिकबाट

.gif)


