काठमाडौं,बुटवल - हिजोमात्रै नेकपा एमालेबाट राजिनामा दिएका दिर्घनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्र कनौडियाले पाण्डे काङ्ग्रेसमा प्रवेश गरेको जानकारी दिए ।

काङ्ग्रेसमा आएसँगै उनी लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार हुने भएका हुन् ।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका चन्द बहादुर खड्काको निधन भएपछिको सोही स्थानमा साझा उम्मेद्वार हुने बताइएको छ ।