काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच केहीसमयअघिबाट नियमित छलफल जारी रहेको स्रोतले बताएको छ ।

केही समययता मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने र राजनीतिक तथा संवैधानिक नियुक्ति विषयमा अध्यक्षद्वय छलफलमा नै छन् । हाल अर्थ, सञ्चार र सहरी विकास मन्त्रालय रिक्त छ । तर, निष्कर्ष भने निस्किन सकेको छैन ।