काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएका कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताएका छन्।

कांग्रेस पार्टी कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।

उनले अहिलको संविधान लचिलो रहेको भन्दै संशोधनमार्फत् कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताए।

समावेशीताको विषयमा नपुगेका कुराहरूलाई पूरा गर्नका लागि कांग्रेस प्रतिवद्ध रहेको उनले बताए।

सभापति देउवाले सम्पूर्ण नेपालीहरूलाई समावेश गराउने गरि नेपालमा समावेशी राजनीति लागू भएको उल्लेख गरे ।

उनले अग्रजहरूको त्याग र तपस्याले मुलुकमा परिवर्तन सम्भव भएको भन्दै प्रजातन्त्रका लागि लड्नेहरूलाई कांग्रेसले सदैव सम्मान गर्ने जिकिर गरे।