प्रधानमन्त्री ओलीले आज १६५ वटा सडकको एकैपटक शिलान्यास गर्ने
खबर एक्सप्रेस
२०७७-१२-२१ ०८:२८ मा प्रकाशित
Total Shares: 254
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक सय ६५ वटा सडकको एकैपटक शिलान्यास गर्ने भएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे प्रधानमन्त्री ओलीले हरेक संघीय निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले एक सय ६५ वटा सडकको एकैपटक शिलान्यास गर्न लागेका हुन् । उनले डिजिटल रुपमा स्वीच थिचेर सडक शुभारम्भ गर्नेछन् ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो । उक्त सडक निर्माण कार्यक्रमका लागि सरकारले ३ अर्ब २० करोड बजेटसमेत छुट्याएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस