सुनचाँदीको भाउ बढ्यो
खबर एक्सप्रेस
२०७८-०२-१६ ११:५७ मा प्रकाशित
Total Shares: 387
काठमाडौं - सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको मूल्य तोलाको २०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम गरेको छ । गएको शुक्रबार तोलाको ९३ हजार ८०० रुपैयाँ कायम गरिएको थियो ।
यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९३ हजार ५०० पुगेको छ ।
यसैगरी, आइतबार चाँदीको भाउ पनि बढेको छ । तोलाको १३ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । केही दिन चाँदीको भाउ तोलाको १३ सय ५० रुपैयाँमा स्थिर थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस