काठमाडौं - पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज चितवन राइनोज र काठमाडौं गोल्डेन्स आमने सामने गर्दैछन् ।

उक्त खेल बिहान ११:३० मा सुरु हुनेछ भने चितवन राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको नेतृत्वमा मैदान उत्रिनेछ ।

त्यस्तै काठमाडौंतर्फबाट ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने टिमले खड्काको टिमलाई कडा चुनौती दिने अनुमान गरिएको छ ।प्ले अफमा स्थान बनाउन काठमाडौंलाई गर वा मरको अवस्था रहेको छ । काठमाडौंको चार खेलमा चार अंकमात्र रहेको छ । खेल जित्न सकेमा काठमाडौं प्ले अफमा पुग्नेछ । चितवन भने प्ले अफ पुगिसकेको छ । चितवनको आठ अंक रहेको छ ।