काठमाडौं - प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिनेश गुरुङलाई ललितपुर प्रहरीले पक्राउ गरी थुनामा राखेको छ।

गुरुङकी पूर्वपत्नीले दिएको जाहेरीका आधारमा जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो।

प्रहरी प्रधान कार्यालय, नक्सालअन्तर्गत १ नम्बर गणमा कार्यरत गुरुङलाई मंगलबार पक्राउ गरी थुनामा राखिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

मुद्दा दर्ता हुनु अघि नै गुरुङले सामाजिक सञ्जालमार्फत आफू नै पीडित भएको दाबी गरेका थिए।

फेसबुकमार्फत उनले छोरीलाई भेट्न जाँदा पूर्वपत्नीले अपमानजनक व्यवहार गरेको र त्यसको प्रतिकार गर्दा उल्टै झुट्टा आरोप लगाइएका बताएका छन्।