पूर्वसचिव भीम उपाध्यायविरुद्ध मुद्दा दर्ता
खबर एक्सप्रेस
२०७७-०१-१४ ०३:१५ मा प्रकाशित
Total Shares: 1294
काठमाडौं - पूर्वसचिव भीम उपाधयाविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ । जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्द श्रेष्ठले उपाध्यायविरुद्ध भर्खरै मुद्दा दर्ता भएको बताए ।
भोलि उपाध्यायको बयान र थुनछेक बहस हुने श्रेष्ठले जानकारी दिए । साइबर क्राइमको अभियोगमा प्रहरीले गत बुधबार उपाध्यायलाई ललितपुर कुसुन्तीस्थित निवासबाटै पक्राउ गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । बुधबारै पक्राउ परेका उपाध्यायलाई आइतबार अबेर मात्र जिल्ला अदालत लगिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस