गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण
काठमाडौं - नवनियुक्त गृहमन्त्री सुधन गुरुङले मन्त्रालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र साह (बालेन) नेतृत्वको मन्त्रिपरिषदमा तेस्रो वरीयतासहित गृह प्रशासनको जिम्मेवारी पाएका गुरुङले आजदेखि कार्यभार सम्हालेका हुन् ।
पदभार ग्रहणसँगै गृह प्रशासनसँग सम्बन्धित कार्यहरू नियमित रूपमा अघि बढाउने जिम्मेवारी उनको नेतृत्वमा सुरु भएको छ ।
पदभार ग्रहण गरेलगत्तै गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह एकद्वार प्रणालीबाट गर्ने पहिलो निर्णय गरेका छन् ।
मन्त्रालयमा प्रवेशका क्रममा सचिवसहित उच्च अधिकारी तथा कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए ।
भदौ २३ र २४ को जेनजी आन्दोलनबाट एकाएक उदाएका सुदन गोरखा १ बाट निर्वाचित भएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस