प्रदेश-१ को बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्न सिफारिस
काठमाडौं - प्रदेश १ सरकारले आगामी जेठ २४ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको छ ।
बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले जेठ २४ गते २ बजे वर्खे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।
यसअघि सर्वदलीय बैठकमा मुख्यमन्त्री शेरधन राईले तत्काल प्रदेशसभाको बजेट अधिवेशन बोलाउने वचन विपक्षी दलहरूलाई दिएका थिए । तर, बुधबारको मन्त्रिपरिषद बैठकले कोरोना महामारीलाई कारण देखाउँदै प्रि-बजेट छलफल छल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । बजेट पेश हुनुभन्दा १५ दिन अगावै प्रि-बजेट छलफल सक्नुपर्ने कानुनी व्यवस्था छ।
फेसबुक पेज Like गर्नुहोस