खबर एक्सप्रेस२०७८-०२-१३ ०४:२८ मा प्रकाशित Total Shares: 272
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस